ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

स्थानीय तहले नै गर्न सक्छन् विषादी परीक्षण

२०७९ चैत, ९  
टिप्पणी
Jagdamba Supershine Image Not Found

तरकारीलगायत उत्पादनमा विषादी प्रयोग हुने गरेको गुनासा पटकपटक आइरहन्छन् । विषादी प्रयोग गरिएका कृषि उत्पादन प्रयोग गर्नु मानव स्वास्थ्यका लागि हानिकारक पनि हो । पछिल्लो समय तरकारी खेतीमा आवश्यकताभन्दा बढी विषादी प्रयोग हुने गरेको सत्य हो । कृषि उत्पादन वृद्धि गर्न विषादी प्रयोग गर्ने क्रमलाई निरुत्साहन गर्न आवश्यक छ तर यसका लागि नेपालमा कामभन्दा कुरा बढी हुने गरेको छ ।

विषादी प्रयोग कम गर्ने सबभन्दा सजिलो तरीका आमसर्वसाधारणलाई यसको प्रयोगबाट हुने बेफाइदाबारे जानकारी दिनु हो । अझै पनि कैयौंले आवश्यकताविना नै विषादी प्रयोग गरेको पाइन्छ । त्यति मात्र होइन, थोरै विषादी प्रयोग गर्दा कीरालगायतको समस्या समाधान हुने भए पनि चाहिनेभन्दा बढी विषादी प्रयोग गर्ने गरेको देखिन्छ । घरेलु विधि प्रयोग गरे कीराको समस्या समाधान हुन्छ भन्नेबारे सर्वसाधारणलाई बुझाउन सकिएको छैन । त्यस्तै विषादी प्रयोग गरेको केही दिनपछि तरकारी वा अन्य कृषि उत्पादन प्रयोग गर्न सके मानव स्वास्थ्यमा पर्नसक्ने असर घटाउन सक्ने सम्भावना रहन्छ । सम्बद्ध निकायले विषादी प्रयोगबारे सामान्य जानकारी नदिँदा यसबाट निम्तिने समस्या बढिरहेको पाइन्छ । यति मात्र होइन, विषादीको विषयलाई लिएर अनेक टीकाटिप्पणी हुने गरेको छ । तर, समस्या समाधानतर्फ खासै ध्यान पुगेको देखिँदैन ।

विषादी प्रयोग कम गर्ने सबभन्दा सजिलो उपाय स्थानीय तहहरूसँग छ । कुनै पनि स्थानीय तहले आफ्नो क्षेत्रमा विषादी प्रयोगमा कमी ल्याउने र विषादी प्रयोग गरिएका तरकारीलाई कम गर्ने हो भने एउटा निर्णय नै पर्याप्त हुन्छ । उदाहरणका लागि काठमाडौंका स्थानीय तहले आफ्नो क्षेत्रभित्र विषादी प्रयोग गरिएका तरकारी ल्याउन नपाइने वा प्रयोग गरिएका छन् भने पनि कुन हदसम्म भन्नेबारे यकीनका लागि परीक्षण गर्न मेशिन प्रयोग गरे मात्र अहिलेको भयावह अवस्थामा कमी ल्याउन सकिन्छ । स्थानीय तहले आफ्नो इलाकामा विषादी परीक्षण गर्ने व्यवस्था मिलाउने हो भने विषादीको समस्या त्यति ठूलो हुँदैन । आफ्नो इलाकालाई सुरक्षित राख्ने निर्णय गर्दा स्थानीय तहलाई कुनै समस्या पनि हुने होइन । विषादी परीक्षणको मेशिन किन्न त्यति धेरै खर्चिलो पनि हुँदैन । तर, अहिले नेपालमा यस्ता काम गर्नुभन्दा अनावश्यक रूपमा हल्ला गरेर समस्या समाधान होइन कि बल्झाउने काम गर्ने गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)