ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार शुरू, चुक्तापूँजी ४ अर्ब १८ करोड पुग्यो

२०७९ चैत, ९  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आज अर्थात् चैत ९ गतेदेखि एकीकृत कारोबार शुरू गरेका छन् ।

दुई कम्पनीबीच मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न भएपश्चात् सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू भएको हो । 
सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जरसम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको थियो । 

त्यस्तै फागुन २९ गते कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंबाट गाभ्ने/गाभिने कम्पनीको मर्जर हुने अन्तिम दिनसम्म कायम रहने सम्पूर्ण सम्पत्ति र दायित्वहरू नयाँ बन्ने कम्पनी सानिमा रिलायन्स लाइफले सकार्ने गरी स्वीकृति पाएको थियो ।

मर्जरपश्चात् सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वरमा रहनेछ । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा गएका हुन् ।
 मर्जरपश्चात बनेको कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १८ करोड १० लाख पुगेको छ । त्यस्तै जगेडामा रू. ७५ करोड ८४ लाख सञ्चिति छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)