ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

उत्सर्जन मापदण्ड लागू हुँदा भारतमा सवारीसाधनको मूल्य ५ % सम्म बढाउने तयारी, नेपालमा के होला ?

२०७९ चैत, ९  
समाचार यातायात
Jagdamba Supershine Image Not Found
फाइल फोटो

काठमाडौं । भारत सरकारले उत्सर्जन मापदण्डहरूको दोस्रो चरणको योजना लागू गर्न गइरहेको छ । अटोमोबाइल कम्पनीहरूले यसका लागि तयारी गरिरहेका छन् । यसैबीच प्रमुख अटोमोबाइल कम्पनीहरूले आफ्ना उत्पादनहरुको मूल्यवृद्धिको घोषणा गरेका छन् । 

सरकारी मापदण्डका कारण मूल्य बढ्न सक्ने भन्दै भारतीय अटो निर्माताहरूले खरीद गर्न चाहनेहरूका लागि अग्रिम खरिद गर्ने सुझाव दिइरहेका छन् । भारतमा मूल्य बढ्दा नेपाललगायत देशमा ती उत्पादनको मूल्य बढ्ने वा यथावत् रहला त ? यसबारे कम्पनीहरूले केही उल्लेख गरेका छैनन् ।

चार पाङ्ग्रे सवारी साधन किया इन्डिया (Kia India)ले आफ्नो आईडीई (IDE) को मूल्य लगभग २-३ प्रतिशतले बढाएको छ । किआले सोनेट, सेल्टोस र केरेन्सको आरडीई भेरियन्टको प्रारम्भिक मूल्य क्रमशः ७.७९ लाख, १०.८९ लाख  र १०.४५ लाख भारु हुने बताएको छ ।

यस्तै टाटा मोटर्सले कमर्सियल गाडीको मूल्य बढाउने भएको छ । टाटा मोटर्सले अप्रिल १, २०२३ देखि आफ्नो सम्पूर्ण व्यावसायिक सवारी साधनको पोर्टफोलियोको मूल्य ५ प्रतिशतले बढाउने घोषणा गरेको छ ।

दोस्रो चरणका उत्सर्जन मापदण्डहरूको कारण आगामी महीनादेखि कम्पनीका व्यावसायिक सवारी साधन महँगो हुने कम्पनीले जनाएको छ ।

मारुती सुजुकीले भने जनवरीमा नै सवारीसाधनको मूल्य बढाएको थियो । जनवरीमा मारुती सुजुकीले इनपुट लागतमा भएको वृद्धिको प्रभावलाई कम गर्न आफ्ना सबै मोडेलका गाडीहरूको मूल्य १.१ प्रतिशतले बढाइएको जनाएको थियो । यसबाहेक उत्सर्जन मापदण्डहरूको पालना गर्न सबै मोडेलहरू अद्यावधिक गर्न लागिएको थियो ।

दुई पाङ्ग्रे सवारीसाधन पनि महँगो हुने

सरकारी मापदण्डका कारण दुई पाङ्ग्रे सवारीसाधन पनि महँगो हुने भएको छ । दुई पाङ्ग्रे सवारी निर्माता हिरो मोटोकर्पले दुई प्रतिशतले मूल्य परिमार्जन गर्ने भएको छ । अन्य कम्पनीहरूले समेत मूल्य बढाउने तयारी गरिरहरेका छन् । एजेन्सीको सहयोगमा 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)