सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-७ काे वडा कार्यालयले गार्माका ८५ घरधुरी कृषकहरूलाई तरकारीको बिरुवा निःशुल्क वितरण गरेको छ ।
वडाका कृषकलाई तरकारी खेतीमा थप प्रोत्साहित गर्ने उद्देश्यका साथ ९ हजार बोट काउली, जुकुनी र बन्दाको बिरुवा वितरण गरिएको वडाअध्यक्ष सोनामग्याल्जेन शेर्पाले जानकारी दिए ।
गार्मा माविको प्राविधिक सहयोगमा उत्पादन गरिएको तरकारीको बेर्ना कृषकहरूलाई वितरण गरिएको वडाअध्यक्ष शेर्पाले बताए । वडाले क्याप्सिकन, गोलभेडा लगायतका तरकारीका बिरुवा वितरण गर्न लागेको उनको भनाइ छ ।
वडावासीको आर्थिक स्तर उकास्न तरकारीका बिरुवा वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।