ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

भारतले एससीओमा सहभागी हुन पाकिस्तानलाई पठाएको निम्तो किन गर्‍यो रद्द ? 

२०७९ चैत, ९  
अन्तरराष्ट्रिय
Jagdamba Supershine Image Not Found

काठमाडौं । भारतले आफ्नो देशमा आयोजना हुन लागेको शाङहाई कर्पोरेशन अर्गनाइजेशन (एससीओ)को एउटा गोष्ठीमा पाकिस्तानलाई सहभागी हुनबाट रोक लगाएको छ । भारतको यस कदमलाई अप्रत्याशित मानिएको छ । 

सो सेमिनार भारतको मनोहर पारिकार इन्ष्टिच्यूट फर डिफेन्स स्टडिज एन्ड एनालिसिसले मंगलवार आयोजना गरेको थियो । त्यसमा पाकिस्तानलाई आउनबाट रोक लगाइएको भन्दै बुधवार डनले एउटा समाचारमा भनेको थियो । सञ्चारमाध्यमहरूमा छापिएका समाचारहरू अनुसार ‘सैन्य, चिकित्सा, स्वास्थ्य हेरचाह र महामारीमा एससीओको सैन्य बलको योगदान’ नामक सो सेमिनार मंगलवार भएको थियो । 

यसमा एससीओका सदस्यहरू र पर्यवेक्षक राष्ट्रहरू सहभागी भएका थिए । सो कार्यक्रममा पाकिस्तान पनि सहभागी हुने आशा गरिएको थियो । तर, भारतले एससीओको अध्यक्षताका दुरुपयोग गरेर कार्यक्रममा सहभागी हुने अधिकार भएको सार्वभौम सदस्यलाई नै आउन नदिएको एक अधिकारीले भनेका छन् । कश्मिरलाई आफ्नो भू-भाग भनेर देखाउने नक्साको प्रयोग गरेको भन्दै भारतीय पक्षले विरोध गरेपछि पाकिस्तान कार्यक्रममा नआएको भारतको दाबी थियो । 

पाकिस्तानले भने सो तर्कको खण्डन गरेको छ । शनिवार कश्मिर र जुनागढलाई आफ्नो भू-भागमा देखाउने नक्सा देखिने गरी पाकिस्तानी समकक्षी एउटा भर्चुअल बैठकमा बसेपछि भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल एससीओको एक कार्यक्रममा बसेनन् । विगतमा पनि यस्ता खालका अनेकौं घटना भएका छन् । मंगलवार भने भारतले पाकिस्तानलाई आउनै नदिएको बताइएको छ । 

भारतले मे र अप्रिलमा हुने एसीओको बैठकमा सहभागी हुन भारत आउन पहिला नै पाकिस्तानलाई निम्तो दिएको थियो । सो निम्तो स्वीकार गरेको छ/छैन भन्नेबारे पाकिस्तानले अहिलेसम्म कुनै जवाफ दिएको छैन । भारतले पाकिस्तानलाई सो निम्तो पठाउनुलाई धेरैले ऊ पाकिस्तानप्रति लचिलो भएको संकेतका रूपमा हेर्न थालेका थिए । एजेन्सी
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)