ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मकर जितुमाया सुरी हाईड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ? 

२०७९ चैत, ९  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले स्थानीय बासिन्दा तथा वैदेशिक राजगारीमा गएकालाई निष्कासन गरेको आईपीओ आज बिहीवार बाँडफाँट गरेको छ ।

चैत ९ गते विक्री प्रबन्धकको कार्यालय कमलादीमा आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका र बिगु गाँउपालिकाका स्थायी बासिन्दाको लागि निष्कासन गरेको ७ लाख ६० हजार र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गरिएको १ लाख ५२ हजार कित्ता शेयर बाँडफाँट गरेको हो । 

क्यापिटलका अनुसार स्थानीयबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकामा स्थायी बसोबास गर्ने स्थानीयको हकमा १० कित्तादेखि ९ हजार ९९० कित्तासम्म माग गर्ने ३ हजार ५१४ आवेदकलार्ई मागबमोजिम कुल ६ लाख ७८ हजार ६०० कित्ता शेयर बाँडफाँट गरिएको हो । 

त्यसैगरी नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीको हकमा १० देखि २ हजार १० कित्तासम्म आवेदन दिने १५ हजार ४१ आवेदकलाई १० कित्ता र २० देखि २ हजार १० कित्तासम्म आवेदन दिने १२ हजार ११७ जनामध्ये गोलाप्रथाबाट १५९ जनालाई थप १० कित्ता गरी जम्मा १ लाख ५२ हजार कित्ता शेयर बाँडफाँट गरिएको क्यापिटलले जानकारी दिएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)