ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पर्यटक भित्र्याउन पदमार्ग

२०७९ चैत, १०  
कोशी प्रदेश
Jagdamba Supershine NA

धनकुटा । धनकुटा नगरपालिकाले आफ्नो बजार क्षेत्रमा पर्यटक भित्र्याउन पुरानो पुस्ताको बेला धरानबाट धनकुटासम्म नून बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गको रूपमा विकास गर्ने भएको छ । स्थानीय आठपहरिया जातिको ऐतिहासिक महत्त्वसमेत बोकेको अक्कर भीर क्षेत्रमा उक्त जातिले वार्षिक रूपमा तीर्थ जान मात्र उक्त बाटो प्रयोग छ । कोशी राजमार्गको साँगुरीगढी गाउँपालिका र सो नगरपालिकाको सिमानामा रहेको मूलघाट सडक खण्डबाट करीब ९ किलोमिटरको दूरीमा धनकुटा बजार रहेको छ । यद्यपि भौगोलिक कठिनाइले हाल १७ किलोमिटर पार गरेर बजार पुग्नुपर्ने हुन्छ ।

साँगुरीगढी गाउँपालिकाका भेडेटार, नमस्ते झरना हुँदै मूलघाटसम्म आउने सयौं पर्यटक भौगोलिक कठिनाइकै कारण धनकुटासम्म पुग्न सकेका छैनन् । यस्तोमा सहज रूपमा पर्यटक भित्र्याउन नगरले मूलघाटको तमोर नदी किनारबाट अक्कर भी, टेकुनाला गाउँ हुँदै बजारसम्म जाने पदमार्ग निर्माण शुरू गरिएको हो ।

आठपहरिया जातिको संस्कृतिको समेत प्रवर्द्धन गर्दै पर्यटक भित्र्याउन ‘जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना’को सहकार्यमा टेकुनाला गाउँको चिरबिरे चौतारासम्म पदमार्ग निर्माण सकिएको छ । क्रमागत योजनाअन्तर्गत मङ्सिरमा काम शुरू गरी फागुन मसान्तमा पहिलो चरणको चार सय मिटर पदमार्ग निर्माण सकिएको उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर राईले जानकारी दिए । नगरपालिकाको रू. २० लाख, पर्यटन परियोजनाको रू. १० लाख र उपभोक्ता समितिको रू. चार लाख ५५ हजार लागतमा चार सय मिटर पदमार्ग निर्माण गरिएको नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख विकास अधिकारीले जानकारी दिए । वडा नं ९ स्थित मूलघाट र धनकुटे खोला दोभानबाट दक्षिण तथा उत्तरतर्फ निर्माणाधीन उक्त पदमार्ग पूरा गर्न करीब रू. दुई करोडको बजेट आवश्यक रहेको उनले बताए । पाँच वर्षमा पूरा गर्ने लक्ष्य राखिएको उक्त पदमार्गसँगै आठपहरिया जातिको घरबास (होमस्टे) सञ्चालन गरिने नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)