ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बेनीमा नदी नियन्त्रणका आठ योजना सञ्चालन

२०७९ चैत, १०  
गण्डकी प्रदेश
Jagdamba Supershine NA

म्याग्दी । सदरमुकाम बेनीमा यस वर्ष कटान र बाढी नियन्त्रण गर्न रू. ५० करोड लागतमा आठ योजना सञ्चालन भएका छन् । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले यसपाली बेनी र आसपासका क्षेत्रमा करीब रू. ५० करोड लागतमा नदी नियन्त्रण योजना कार्यान्वयन भएको बताएको छ ।

परियोजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटानको उच्च जोखिममा रहेको बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न आठ प्याकेजमा काम भइरहेको जानकारी दिए । ‘एउटा गतवर्षको र सातओटा यस वर्षकामध्ये ६ प्याकेजको ठेक्का सम्झौता भएर काम शुरू भइसकेको छ,’ उनले भने, ‘म्याग्दी नदी किनारमा तीन र कालीगण्डकीमा पाँच ठाउँमा कटान नियन्त्रण गर्ने संरचना निर्माण गर्न लागिएको हो ।’  रू. ९ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको रौताह–बीएन्डबी कन्स्ट्रक्सन जेभीले कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र आठ मिटर अग्लो काउन्टर फोर्ट प्रविधिको पक्की पर्खाल निर्माण गरिरहेको छ । सो ठेक्कामार्फत गतवर्ष कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मङ्गलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजिट पर्खाल निर्माण भएको थियो ।

मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा दुई प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल बनाउन रू. पाँच करोड ७७ लाखमा सुप्रिम कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको परियोजनाका इञ्जिनीयर कृष्ण विश्वकर्माले जानकारी दिए ।

बेनी नगरपालिकाको वडा नं २ स्थित बेनी–बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि ७५ मिटर लामो कम्पोजिट पर्खाल बनाउन रू. दुई करोड ३० लाखमा ठेक्का सम्झौता गरेको हिमालयन कन्स्ट्रक्सनले तीव्र रूपमा काम गरिरहेको छ ।

पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीस्थित कालीगण्डकी किनारमा ८० मिटर पर्खाल बनाउन रू. तीन करोड २० लाख लागत अनुमान गरिएकामा ठेक्का सम्झौताको प्रक्रियामा छ । बेनी नगरपालिका–९ स्थित राहुघाट नदी किनारमा ९० मिटर लामो पर्खाल बनाउन भाग्यलक्ष्मी बीआरटीले रू. दुई करोड ६८ लाखमा ठेक्का लिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)