ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पोखरा शिक्षण अस्पतालको आकस्मिक सेवा तयारी

२०७९ चैत, १०  
गण्डकी प्रदेश
Jagdamba Supershine NA

पोखरा । पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा शुरू गर्ने तयारी गरेको छ । अस्पतालले २०७९ भदौ २२ गतेदेखि ओपीडी सञ्चालन गर्दै आएको छ । अब पूर्ण रूपमा सञ्चालनमा ल्याएर आकस्मिक सेवा दिन लागिएको हो ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संंकायका डीन डा. अमर नागिलाले शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा गठित वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझसम्बन्धी प्राविधिक समितिलाई विश्वविद्यालयले शिक्षण अस्पतालको वातावरणीय परीक्षण प्रतिवेदन प्रस्तुत गरिसकेको र मन्त्रालयले त्यसको चाँडै टुंगो लगाउने उनले बताए ।

‘मन्त्रालयले काम गर्दै गर्नू भनेको छ, तर सञ्चालन अनुमतिपत्र पाएपछि एक सय शय्याको अस्पतालको रूपमा हामी पूर्णरूपमा सेवा दिन्छौं,’ उनले भने । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)