विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध चयन भएका छन् । झापाको बिर्तामोडमा बिहीवार भएको पाँचौं साधारणसभाबाट अध्यक्षमा विराटनगरका उद्योगी तथा समाजसेवी राउत सर्वसम्मत चुनिएका भएका हुन् । अध्यक्षका अर्का प्रत्याशी भीमबहादुर पौडेलले उपाध्यक्षमा दोहोरिने मञ्जुरी दिएपछि राउत सर्वसम्मत निर्वाचित भएका हुन् । महासंघका उपाध्यक्षमा जिल्ला तथा नगरतर्फ भीम पौडेल र एशोसिएट्सतर्फ कुमारमणि पोखरेल चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा सुवास आचार्य चयन भएका छन् ।
कार्यसमिति सदस्यहरूमा जिल्ला तथा नगर तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश शिवाकोटी र ऋषिराज तिम्सिना चयन भएका छन् । वस्तुगत तर्फबाट राजन श्रेष्ठ र दीपक पाण्डे सदस्यमा निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले जानकारी दिए । यसैगरी एशोसिएट्स तर्फबाट रविनकुमार दाहाल, भविशकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल निर्विरोध चयन भएका छन् ।