ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सानिमा लाइफ र रिलायन्स लाइफको एकीकृत कारोबार शुरू

२०७९ चैत, १०  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको मर्जरपछि एकीकृत कारोबार शुरू भएको छ । मर्जरपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट बिहीवारदेखि एकीकृत कारोबार गरिएको हो । दुवै इन्स्योरेन्स १:१ शेयर स्वाप अनुपातमा मर्ज भएका हुन् ।

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जरसम्बन्धी अन्तिम स्वीकृति दिएको थियो । यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २९ गते स्वीकृति प्रदान गरेको थियो । संयुक्त मर्जर समितिको चैत ५ गते बसेको बैठकले मर्जर सम्बन्धी निर्णय गरेको थियो ।

एकीकृत बनेको कम्पनीको चुक्तापूँजी ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । मर्जरअघि सानिमा लाइफ इन्स्योरेन्सको चुक्तापूँजी २ अर्ब रुपैयाँ र रिलायन्स इन्स्योरेन्सको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)