ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना’ सार्वजनिक

२०७९ चैत, १०  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । ‘आर्थिक संकटको सामना गर्न नपरोस् र वृद्ध अवस्थासम्म आर्थिक रूपमा कसैको भर पर्न नपरोस्’ भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसात् गर्दै बीमा योजना ल्याइएको कम्पनीको भनाइ छ ।

यो योजनाले कम बीमाशुल्कमा बचत र सुरक्षा एकैसाथ प्रदान गर्ने कम्पनीको दाबी छ । यस योजनामा दुईओटा विकल्प समावेश गरिएको छ । कम्पनीका अनुसार पहिलो विकल्पअन्तर्गत बीमालेख परिपक्व भएमा बीमा अवधि समाप्तिमा बीमांक रकममा आर्जित बोनस थपेर एकमुष्ट दिइनेछ । दोस्रो विकल्पअन्तर्गत बीमा भुक्तानी अवधि समाप्तिमा बीमालेखमा उल्लेख भएको बीमांक रकम दिइनेछ र भुक्तानी अवधि समाप्तिपछि  प्रत्येक वर्ष  बीमांकको ५ प्रतिशत रकम बीमितको उमेर ७९ वर्ष नपुगन्जेलसम्म बीमितलाई प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै बीमित ८० वर्ष पूरा भएपछि बीमा शुल्क भुक्तानी अवधिसम्म आर्जित बोनस बीमितलाई प्रदान गरिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)