ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कोका–कोला र डोको रिसाइकलर्सले राखे पीईटी संकलन बिन

२०७९ चैत, १०  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।  विश्व रिसाइक्लिङ दिवसको अवसरमा कोका–कोला नेपाल र डोको रिसाइकलर्सले काठमाडौं उपत्यका र भरतपुरमा १५ ओटा जानकारीमूलक पीईटी कलेक्सन बिन राखेका छन् । रिसाइकल प्रक्रियामार्फत पीईटी बोतल पुन: प्रयोग गर्न योग्य बनाउन सकिन्छ भन्ने जनचेतनामूलक सन्देश सर्वसाधारणमाझ पुर्‍याउन बिन राखिएको बताइएको छ । धेरै जमघट हुने र बोतल बढी फालिने काठमाडौंका ९ स्थान र भरतपुरका ६ स्थानमा यस्ता बिन राखिएका हुन् ।

डोको रिसाइकलर्सका सह–संस्थापक राघवेन्द्र महतोले पीईटी बोतल संकलन गरेर रिसाइकल गर्न सकिने र यसबाट वातावरणमा पर्ने नकारात्मक असर थोरै भए पनि कम गर्न सकिन्छ भन्ने उद्देश्यले बिन राखिएको बताए ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपक सेन्थिलले कम्पनीले सन् २०३० सम्ममा विश्वभरि आफ्नो प्याकेजिङको शतप्रतिशत बराबरको खाली बोतल तथा प्याकेजिङ संकलन र पुन: प्रयोग गर्ने प्रतिबद्धता गरिएको बताए । यस्तै दिगोपनप्रतिको प्रतिबद्धताको सानो अशंको रूपमा काठमाडौं उपत्यका र भरतपुरका धेरै जनघनत्व भएका स्थानमा रिसाइक्लिङ बिन राखिएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)