ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एकै ठाउँबाट सेवा दिन काठमाडौं प्लाजा सर्दै महानगर

२०७९ चैत, १०  
बागमती प्रदेश
Jagdamba Supershine Image Not Found

काठमाडौं । काठमाडौं महानगरपालिका काठमाडौं प्लाजामा सर्ने भएको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले महानगर काठमाडौंं प्लाजामा सर्न लागेको हो ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजामा सर्न महानगर र ट्रष्टबीच बुधवार सहमति भएको छ । सहमतिपत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

महानगरले मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग काठमाडौं प्लाजामा सार्ने तयारी गरेको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । महानगरअन्तर्गतका १६ ओटा विभागले अहिले फरक–फरक स्थानबाट सेवा प्रदान गर्दै आएका छन् ।

सम्झौताबमोजिम झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका र भत्किएका संरचना बहाल रकमबाट कटाउने गरी महानगरले मर्मत गर्नेछ । प्रत्येक पाँच वर्षमा १० प्रतिशतले बहाल वृद्धि गर्नेगरी १० वर्षका लागि सम्झौता भएको छ ।

पाँच रोपनी दुई पैसा क्षेत्रफलमा निर्माण भएको उक्त साततले भवनको तल्लो तलामा ७० ओटा चारपांग्रे र दुई सयओटा दुईपांग्रे सवारीसाधन पार्किङ गर्न मिल्छ । सूचना अधिकारी आचार्यका अनुसार २०७२ सालको भूकम्पअघि महानगरको सेवा बागदरबारबाट प्रवाह भइरहेको थियो । भूकम्पका कारण भवन जीर्ण भएपछि केही समयका लागि राष्ट्रियसभा गृहबाट सेवा सञ्चालन गरिएको थियो । हाल सुन्धारामा रहेको जेडीए कम्प्लेक्सबाट सेवा सञ्चालन भइरहेको छ ।

कम्प्लेक्समा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, वित्त, प्रशासन, कानून तथा मानव अधिकार, आन्तरिक लेखापरीक्षण र खरीद इकाइ छन् । साविक बागदरबारमा महानगर प्रहरी बल, इजलाश, कानूनसम्बन्धी सेवा, ट्राफिक व्यवस्थापन विज्ञको कार्यकक्ष, योजना अनुगमन र मूल्यांकन इकाई छन् । टेकुमा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, वातावरण व्यवस्थापन विभाग, जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन् । कृषि तथा पशुपक्षी विभाग र शिक्षा विभाग ताहाचलमा छन् ।

राजस्व, सार्वजनिक निर्माण र शहरी व्यवस्थापन विभाग बबरमहलमा छन् । सहकारी विभाग बिजुलीबजारमा छ । शहरी योजना आयोगको कार्यालय थापाथलीमा छ । जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा स्वास्थ्य, सम्पदा तथा पर्यटन, विपद् व्यवस्थापन, सामाजिक विकास विभाग, सार्वजनिक निजी साझेदारी इकाईलगायत कार्यालय छन् । हनुमान ढोका दरबार संरक्षण कार्यालय वसन्तपुरमा छ । राष्ट्रियसभा गृह परिसरमा सूचना प्रविधि विभाग र जिन्सी शाखालगायत संरचना छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)