ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अर्थतन्त्रको सुधारका लागि परिसंघले थाल्यो राजनीतिक दलसँग छलफल

२०७९ चैत, १०  
समाचार
Jagdamba Supershine Image Not Found

काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्रको सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरूसँग छलफल शुरू गरेको छ । यसअन्तर्गत परिसंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पार्टीबाट अर्थतन्त्रसँग सम्बन्धित क्षेत्र हेर्ने पदाधिकारीसँग छलफल गरेको छ । परिसंघ सचिवालयमा बुधवार आयोजित छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले हाल उद्योगी व्यवसायीको मनोबल निकै घटेको बताए । अर्थतन्त्रमा सुधार ल्याउन निजीक्षेत्रको मनोबल बढाउन आवश्यक रहेको उनले औंल्याए ।

‘लगानीयोग्य पूँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको वृद्धि, उच्च ब्याजदरलगायत कारण निजीक्षेत्रको मनोबल खस्किएकाले यसमा सुधारको खाँचो छ,’ उनले भने, ‘उद्योगी व्यवसायीको मनोबल बढाउन सांसदहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।’ अर्थतन्त्रमा सुधार ल्याउन सरकारी एवं निजीक्षेत्रको लगानी बढाउनुपर्र्ने, ब्याजदर कम गर्नुपर्ने र तरलता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।

अवसरमा संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुन: गति दिन तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणाबारे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं नेताहरूलाई अवगत गराइएको छ । परिसंघले नेपाली अर्थतन्त्रको सुधारका लागि वित्तीय क्षेत्र, औद्योगिक प्रवर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेर तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।

परिसंघको सुझाव सबै मिलेर कार्यान्वयनमा लैजान सकिए अर्थतन्त्रमा छिटो सुधार आउने विश्वास अध्यक्ष अग्रवालले व्यक्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता डीपी अर्यालले अर्थतन्त्र जोगाउन सबैको सहकार्य हुनुपर्नेमा जोड दिए । परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, उद्योगी अमित मोरलगायतले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताए । सही तरीकाले गरेको उद्योग व्यवसायबाट आर्जित नाफालाई समेत नकारात्मक दृष्टिकोणबाट हेर्न नहुने उद्योगी व्यवसायीले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)