ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

जुटमा एन्टी डम्पिङ ड्युटीको समस्या

२०७९ चैत, १०  
टिप्पणी
Jagdamba Supershine Image Not Found

नेपालका उद्योगहरूको नाम लिनेबित्तिकै विराटनगर जुट मिलको नाम अग्रस्थानमा आउने गर्छ । यो जुट मिल पूर्वका किसानको आम्दानीको भरथेग मात्र नभई नेपालको राजनीतिक परिवर्तनमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउन सफल भएका कारण स्मरणमा रहिरहेको हो । तर, केही वर्षयता विराटनगर जुट मिल सञ्चालनमा छैन । यति मात्र नभई झापा र सुनसरीमा सञ्चालित १२ जुट मिलमध्ये यतिखेर ६ ओटा मात्र सञ्चालनमा छन् । यसले गर्दा एउटा राम्रो सम्भावना देखिएको जुट खेतीको विकास र विस्तार हुन सकेको छैन । झापा, मोरङ र सुनसरीमा राम्रो उत्पादन हुने जुटको घट्दो उत्पादन र बजारीकरणका अनेक कारणमध्ये तयारी जुट आयात गर्दा भारतले लगाउने गरेको एन्टी डम्पिङ ड्युटी पनि हो । जुटसँग सम्बद्ध उद्योगी, व्यवसायीले वर्षौंदेखि नै एन्टी डम्पिङ ड्युटी खारेज हुनुपर्ने आवाज उठाउँदै आएका हुन् । एन्टी डम्पिङ ड्युटीलगायत समस्याले गर्दा कुनै समय वार्षिक १६ अर्ब रुपैयाँसम्म कारोबार हुने गरेको जुटको व्यापार खुम्चिँदै गएर अहिले ६ अर्बमा सीमित भएको छ । जुटको व्यापार घट्दै जानुमा सरकारले जुटखेतीलाई प्रोत्साहन हुने कार्यक्रम नल्याउनु पनि हो ।

भारतीय कच्चा पदार्थमा निर्भर हुनु र भारतकै बजारमा त्यहीँको उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि नेपाली जुट उद्योग बन्द हुँदै गए । यही परिप्रेक्ष्यमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालबाट तयारी जुट आयात गर्दा लगाउने गरेको एन्टी डम्पिङ ड्युटी हटाउन पहल गर्ने सार्वजनिक रूपमै बताएका छन् । नेपाली उद्योगी, व्यवसायीले अनेक प्रयास गर्दा पनि सफलता पाउन नसकेका बेला भारतीय राजदूतको यस्तो भनाइले सकारात्मक सन्देश प्रवाह गरेको छ । हाल भारतले नेपाली जुट आयातमा ४ प्रतिशतसम्म एन्टी डम्पिङ ड्युटी लगाउँदै आएको छ । श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेकी पहिले’ नीतिको मूल मर्म विकासमा साझेदारी गर्दै अघि बढ्नुसमेत रहेको बताए । छिमेकी मुलुकका राजदूतले यसरी खुलेर वर्षौंदेखि उद्योगी, व्यवसायीले भोग्दै आएको विषयमा बोलेपछि कार्यान्वयन हुनेमा अपेक्षा गर्न सकिन्छ । तर, सँगसँगै यस्तो समस्या चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउन नेपाल सरकारको माथिल्लो निकायले चासो राख्दै द्विपक्षीय छलफल पनि गर्न आवश्यक देखिन्छ । राजदूतको अभिव्यक्तिले एन्टी डम्पिङ ड्युटी हटाउन भारत सकारात्मक छ भन्ने देखिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)