ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

भित्री कारोबार कसूरमा न्यौपानेविरुद्ध मुद्दा

२०७९ चैत, १०  
विविध
Jagdamba Supershine Image Not Found

काठमाडौं । नेपाल धितोपत्र बोर्डले  भित्री कारोबार (इन्साइडर ट्रेडिङ) को कसूरमा गुरुप्रसाद न्यौपानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । रिडी हाइड्रोपावर कम्पनीमा अध्यक्ष हुँदा न्यौपानेले भित्री कारोबार गरेको दाबी गरिएको छ । उनले रिडी हाइड्रोपावरको अध्यक्ष रहेको बेला २०७७ चैतदेखि २०७८ साउनसम्म कम्पनीको शेयर किनबेच गरेको तथ्य फेला परेको बोर्डले जानकारी दिएको छ । बोर्डको अनुसन्धानबाट न्यौपानेले ३ करोड २३ लाख रुपैयाँ बिगो कसूर गरेको खुल्न आएको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ मा संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपमा संलग्न व्यक्तिले पदमा बहाल रहँदासम्म वा पदबाट अवकाश लिएको १ वर्षसम्म त्यो संस्था वा त्यसको सहायक कम्पनीको शेयर किनबेच तथा हस्तान्तरण गर्न नपाउने व्यवस्था छ । त्यस्तै यी पदमा रहने व्यक्तिले स्वामित्व रहेको फर्म, परिवारको नाममा रहेको शेयरसमेत किनबेच गर्न पाउँदैनन् । धितोपत्रको कानून उल्लंघन गरेकाले बोर्डले न्यौपानेलाई यसअघि ७५ हजार रुपैयाँ जरीवानासहित सूचीकृत संगठित संस्थामा १० वर्षसम्म सञ्चालक हुन नपाउने गरी कारबाही गरिसकेको छ ।

बोर्डले अदालतमा दायर गरेको मुद्दा पुष्टि भए १ वर्षसम्म कैद वा ३ करोड २३ लाख बिगो र त्यसबराबर जरीवाना वा दुवै सजाय हुनसक्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)