ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

जीवन विकास लघुवित्तले बोलायो साधारण सभा,कम्पनीले किन घटायो लाभांश ?

२०७९ चैत, १०  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ । 

गत चैत ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय मोरङ्गमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब ३ करोड ४२ लाख ८० हजारको आधारमा १४ दशमलव २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई समेत कम्पनीले वितरणयोग्य बनाउँनेछ ।

बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधरामा चैत १६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।यस वर्ष कम्पनीले गत वर्षको तुलनामा कम लाभांश वितरण गर्न लागेको हो ।

गत वर्ष ७० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले पहिलो पटक २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७ दशमलव १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई लाभांश वितरणमा कडाइ गरेपछि कम्पनीले लाभांश घटाएर वितरण गर्न लागेको हो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)