ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

गुराँस लघुवित्त र शाइन रेसुङ्गाका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा 

२०७९ चैत, १०  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । दुई कम्पनीले सम्बन्धीत शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएका छन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाले साधारण सभाबाट पारित भएको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएका हुन ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पुस २५ गते सम्पन्न १४ औं वार्षिक साधराण सभाबाट पारित भएको १३ दशमलव ३० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भई शेयरधनीहरुको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।

कम्पनीले पुस ११ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको र त्यसपछि अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमश बोनस शेयर जम्मा हुने कम्पनीले जानकारी दिएको छ । 

यस्तै, गुराँस लघुवित्तले पुस ३० गते सम्पन्न सातौं साधारण सभाबाट पारित भएको ४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको हितग्राही खातामा पठाएको हो । कम्पनीका पुस १९ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर पठाएको र सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको पनि क्रमश : हितग्राही खातामा जम्मा हुने कम्पनीले जानकारी दिएको हो ।

साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले शेयर अभौतिकीकरण गराएपछि मात्रै बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।  दुबै कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)