काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अन्य बैंकसँग मर्ज हुन लागेको कुरा सत्य नभएको जानकारी गराएको छ । बैंकले शुक्रवार नेप्से समक्ष यस्तो जानकारी दिएको हो ।
साथै त्यस्ता खालका समाचारहरुमा कुनै आधिकारिकता नभएको बैंकले जनाएको छ । यस्ता खालका भ्रामक समाचारहरु नफैलाउन सम्पूर्ण सरोकारवालाहरुलाई बैंकले अनुरोध गरेको छ ।
यस बैंकको मर्जरमा जाने हल्लाले बिहीवार शेयर मूल्य ८ दशमलव ३४ प्रतिशत वृद्धि भएर रू. २८१ दशमलव ९० पुगेको थियो भने रू. ८ करोड ३५ लाख बराबरको शेयर कारोबार भएको थियो ।