नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार काठमाडौंमा आयोजित 'राष्ट्रिय जनगणना २०७८–नतिजा सार्वजनिक कार्यक्रम' मा नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्नुभएको हो ।
नेपालमा एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र १ करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला रहेकाे जनगणनाबाट देखिएकाे छ ।