ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

शुक्रवार पनि राष्ट्र बैंकले तोकेभन्दा सस्तोमा डलर बेच्दै बैंकहरू, डलर झनै कमजोर हुने संकेत

२०७९ चैत, १०  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि अमेरिकी डलरको विक्री दर १३१ रुपैयाँ ९३ पैसा तोकेको छ । तर वाणिज्य बैंकहरूले भने प्रतिडलर न्युनतम १३१ रुपैयाँ ८५ पैसासम्ममा पनि विक्री गरिरहेका छन् । खरीददर पनि १३१ रुपैयाँ २५  पैसादेखि १३१ रुपैयाँ ४० पैसासम्म छ । अधिकतम विक्रीदर १३२ रुपैयाँसम्म रहेको छ ।

बिहीवार राष्ट्र बैंकले डलरको विक्री दर १३२ रुपैयाँ ५६ पैसा तोकेको थियो । तर बैंकहरूले बढीमा १३२ रुपैयाँ ५ पैसा मात्रै लिएर डलर विक्री गरेका थिए ।

शुक्रवार पनि अधिकांश बैंकले राष्ट्र बैंकले तोकेभन्दा सस्तो मूल्यमा डलर बेचेका छन् । स्ट्याण्डर्ड चार्टड बैंकले सबैभन्दा  कम १३१ रुपैयाँ ८५ पैसामा डलर विक्री गरिरहेको छ । यो बैंकको खरीददर पनि सबैभन्दा कम १३१ रुपैयाँ २५  पैसा मात्रै छ । सिद्धार्थ, कृषि विकास, एनआईसी एशिया, इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, नेपाल बैंक, कुमारी बैंक र सिटिजन्स बैंकले १३१ रुपैयाँ ९० पैसामा डलर विक्री गरिरहेका छन् । यी बैंकहरूको खरीददर १३१ रुपैयाँ ३० पैसादेखि १३१ रुपैयाँ ३५  पैसासम्म छ ।

ग्लोबल आइएमई र प्राइम बैंकले  १३१ रुपैयाँ ४० पैसा तिरेर डलर किनिरहेका छन् भने विक्री दर १३२ रुपैयाँ छ । अन्य बैंकले १३१ रुपैयाँ ९५ पैसामा डलर विक्री गरिरहेका छन् । 

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले अमेरिकामा थप ब्याजदर वृद्धि नहुने संकेत  गरेपछि बिहीवारदेखि नै डलर ओरालो लागेको थियो । नेपाली मुद्राको स्थिर विनिमय रहेको भारतीय मुद्रा बिहीवार डलरभन्दा निकै बलियो भएको थियो । जुन डेढ महीना यताकै सर्वाधिक बलियो थियो । यसले नेपाली मुद्रा पनि स्वतह डलरभन्दा बलियो हुन गइ नेपालले फाइदा लिएको छ ।

शुक्रवार पनि डलरको अवमूल्यन रोकिएको छैन । डलरको अवमूल्यन जारी रहँदा नेपालले आयात गर्ने वस्तुको मूल्य सस्तीने छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)