ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेपालमा आयआर्जन नगर्ने मध्ये करीब ४७% विद्यार्थी, सबैभन्दा धेरै जनसंख्या अहिले पनि कृषिमा

२०७९ चैत, १०  
समाचार
Jagdamba Supershine Image Not Found

काठमाडौं । नेपालमा आय आर्जनमा संगलग्न नभएको जनसंख्या मध्ये करीब ४७ प्रतिशत विद्यार्थी भएको पाइएको छ ।

राष्ट्रिय जनगणनाअनुसार आर्थिक काममा संलग्न १ करोड ४९ लाख ८३ हजार ३१० जनसङ्ख्या छन् । त्यसमध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७ दशमलव ३ प्रतिशत रहेका छन् ।

थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतमा १२ दशमलव पाँच प्रतिशत, निर्माणमा ८ दशमलव १ प्रतिशत, अन्य सेवामा ३ दशमलव ९ प्रतिशत, औद्योगिक उत्पादनमा ३ दशमलव ८ प्रतिशत जनसङ्ख्या संलग्न छन् ।

विद्यार्थी भएर आर्थिक काम नगर्नेको सङ्ख्या पनि उत्तिकै छ । १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिमध्ये कुनै पनि आम्दानी हुने वा नहुने आर्थिक काम नगरेका व्यक्तिमध्ये सबैभन्दा धेरै ४६ दशमलव ९ प्रतिशत विद्यार्थी भएकाले आर्थिक काम नगरेको देखिन्छ ।

घरधन्दामा २१ दशमलव ९ प्रतिशत, वृद्धावस्थामा ११ प्रतिशत, पारिवारिक हेरचाह ७ दशमलव ५ प्रतिशत, अन्यमा ७ दशमलव ४ प्रतिशत, अशक्त बिरामी २ दशमलव ५ प्रतिशत, पेन्सन आयमा २ दशमलव २ प्रतिशत र सामाजिक कार्य र स्वयंसेवा शून्य दशमलव ३ प्रतिशत रहेको छ ।

घरेलु उद्योगमा पनि कर्णाली प्रदेश पछाडि

मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको घरेलु व्यवसाय तथा उद्योग सञ्चालन गर्नेमा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ ।

अन्य प्रदेशमा पनि घरेलु उद्योग सञ्चालन गर्न सकिने भए पनि यस्ता उद्योगमासमेत सङ्घीय राजधानी रहेको बागमती प्रदेशको हिस्सा नै बढी पाइएको छ ।

आर्थिकरूपमा पछाडि परेको कर्णाली प्रदेश घरेलु उद्योगमासमेत कमजोर अवस्थामा रहँदा बागमती प्रदेशको हिस्सा बढी रहेको राष्ट्रिय जनगणनाको पछिल्लो विवरणमा उल्लेख छ ।

देशभर कुनै पनि सरकारी निकायमा दर्ता नगरेका र एक जना पनि तलबी कामदार नराखेका कृषिबाहेकका साना घरेलु व्यवसाय सञ्चालन गरेका परिवार ६ लाख २७ हजार ८८७ छन् ।

साना घरेलु व्यवसाय सञ्चालन गर्ने कूल परिवारमध्ये घरेलु उद्योग सञ्चालन गर्ने परिवार ९ दशमलव ४ प्रतिशत रहेको छन् । साना घरेलु व्यवसाय सञ्चालन गर्ने कूल परिवारमध्ये घरेलु उद्योग सञ्चालन गर्नेले सञ्चालन गरेका उद्योगको संख्या १ लाख ३७ हजार ६४४ छ ।

व्यापार व्यवसायमा ३ लाख १० हजार ६५१, यातायातमा ३४ हजार छ सय ६५६, सेवा क्षेत्रमा ६९ हजार १७७ र अन्य व्यवसायमा ७५ हजार ५५९ बराबर छ ।

साना घरेलु व्यवसायमध्ये मुख्यरूपमा पुरुषले सञ्चालन गरेका ५५ प्रतिशत र महिलाले सञ्चालन गरेका ४५ प्रतिशत उद्योग छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)