ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

शुरू भयो रमजान : महँगीले रोजा बस्नेहरूलाई सास्ती, 'खजुर किलोकै झण्डै ३ हजार रुपैयाँ'

२०७९ चैत, १०  
विविध फोटो फिचर
Jagdamba Supershine Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान शुक्रवारदेखि शुरु भएको छ । हिजरी (उर्दू) संवत्को ‘सवान’ महीना अन्त्य हुनुसँगै बिहीवार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरुले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यस वर्षको रमजान शुरू गरेका हुन्। ‘सवान’ महीना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल ‘तराबी’ नमाज (विशेष प्रार्थना) गरेर भोलिपल्टदेखि रमजान शुरू हुने इस्लाम परम्परा छ। रमजान पर्वमा मुस्लिम समुदायका व्यक्तिहरु एक महीनाभर बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत नखाई रोजा बस्छन् । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गरिन्छ । रमजानको पहिलो दिन काठमाडौंको घण्टाघर नजिकै रहेको काश्मिरी मस्जिद तथा जामे मस्जिदमा मुस्लिम समुदायका मानिसहरुको प्रार्थना गर्न भीड लागेको थियो ।मस्जिद नजिकै रहेको बजारमा अरुबेलाभन्दा बढी नै सेवई, खजुर आदि को बजार लाग्छ । सेवई दूधमा पकाइने परिकार यो पर्वमा अनिवार्य जस्तै छ । रमजानमा यसको व्यापार पनि बढ्छ ।

उक्त बजारमा सेवईको प्रकार अनुसार प्रतिकेजी २०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म पर्छ भने खजुरहरु अरब, ईरान, अलजेरिया बाट आयातित र प्रकार अनुसार प्रतिकेजी ९०० रुपैयाँदेखि २ हजार ७०० रुपैयाँसम्म विक्री भइरहेको छ । खजुरको मूल्य अघिल्लो बर्षभन्दा निकै बढेको खरीदकर्ताको भनाइ छ । अहिले बजार भाउ आकासिएको कारण खजुर खरीद गर्नेहरूले गोजी छामेर मात्रै खरीद गर्न बाध्य छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)