ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आरएमडीसी लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न, बोनससहित पारित भए यी प्रस्ताव

२०७९ चैत, ११  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २४ औं वार्षिक साधारण सभा  शुक्रवार  काठमाडौमा सम्पन्न भएको छ ।

उक्त सभाले सञ्चालक समितिका अध्यक्ष सुजाता जोशीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/ ०७९ कोे वार्षिक प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/ ०७९ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ ।

कम्पनीले आव २०७८/ ०७९ मा ५० करोड ५५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको र शेयरधनीहरुलाई चुक्तापूँजीको २६ प्रतिशत बोनस शेयर र १ दशमलव ३६४८% नगद लाभांश (कर प्रयोजनको लागि) दिने प्रस्ताव सभाले स्वीकृत गरेको छ । 

उक्त सभाले आरएमडीसी लघुवित्त वित्तीय संस्था र साना किसान लघुवित्त वित्तीय संस्था एकापसमा गाभ्ने/ गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । जसअनुसार आरएमडीसीको १०० कित्ता शेयर बराबर मर्जपछि बन्ने संस्थाको ८७ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः८७) कायम गर्ने समेत सभाले स्वीकृत गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)