ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

रोकिएन लगानीकर्ताको सम्पत्ति घट्ने क्रम, २१ अर्बभन्दा बढीले घट्यो कुल बजारपूँजीकरण

२०७९ चैत, ११  
लगानी नेप्से विश्लेषण
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पछिल्लो समय धितोपत्र दोस्रो बजार घटिरहेको असर लगानीकर्ताको सम्पत्ति मूल्यमा परेको छ । बजार घट्दा हरेक पटक अर्बाैं रकम बराबरको सम्पत्ति गुमाइरहेको धितोपत्र दोस्रो बजारमा अघिल्लो साताको तुलनामा धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से परिसूचक १८ दशमलव १७ अंकले घटेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ९३३ दशमलव ३१ विन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन १ हजार ९१५ दशमलव १४ विन्दुमा झरेको हो । पछिल्लो समय धितोपत्र बजारप्रति लगानीकर्ताको मनोबल नबढ्दा बजारले गति लिन सकेको छैन । बैंक तथा वित्तीय संस्थाको कर्जामा रहेको चर्को ब्याजदर, नियामक निकायले गर्ने नीतिगत परिवर्तनको प्रत्यक्ष असर बजारमा परिरहेको मर्चेन्ट बैंकरहरूको भनाइ छ ।

धितोपत्र बजारलाई लगानीको प्रमुख क्षेत्र बनाएका मर्चेन्ट बैंकरहरूले व्यवस्थापन गरिरहेको सामूहिक लगानी कोषको व्यवस्थापनमा पनि बजार घट्दा प्रत्यक्ष असर परेको मर्चेन्ट बैंकरहरू बताउँछन् । बजार घट्दाको असर व्यक्तिगत लगानीकर्तामा मात्र नभएर संस्थागत लगानीकर्तामा समेत परेको उनीहरूको भनाइ छ । सामूहिक लगानी कोष व्यवस्थापकहरूले अनुभवी व्यवस्थापकबाट बजारको समग्र विश्लेषणसहित लगानी गर्दा बजारबाट सोचेअनुसारको लाभ लिन नसकेको अवस्थामा सामान्य लगानीकर्ताको अवस्था के होला ? भन्ने प्रश्न योजना व्यवस्थापकहरूको छ ।

यसर्थ बजारलाई आफ्नो गतिमा बढ्न दिन बजार सुधारका लागि आवश्यक पहल र नीतिगत परिवर्तन गर्दा त्यसले बजारमा पार्ने असरबारे विशेष ध्यान दिनुपर्ने माग योजना व्यवस्थापकहरूले गरेका छन् । गत साता एक दिन सार्वजनिक बिदा परेकाले चार कारोबार दिनमात्र बजार खुलेको थियो । चार कारोबार दिनमा पहिलो कारोबार दिन ६ दशमलव ९० अंकले घटेको बजार दोस्रो कारोबार दिन २२ दशमलव ६५ अंकले बढेको थियो । त्यसपछिको दुई कारोबार दिन पनि बजार घटेको छ । तेस्रो कारोबार दिन १५ दशमलव ७६ अंक र चौथो कारोबार दिन १८ दशमलव १५ अंकले बजार घटेको हो ।

अघिल्लो साता पाँच कारोबार दिनमा रू. ६ अर्ब ३० करोडभन्दा बढीको १ करोड ८५ लाख ७८ हजार ३३५ कित्ता धितोपत्र खरीदविक्री भएकोमा गत साता चार कारोबार दिनमा रू ५ अर्ब ११ करोडभन्दा बढीको १ करोड ६५ लाख ३६ हजार १४५ कित्ता धितोपत्र खरीदविक्री भएको थियो ।
औसतमा गत साता कारोबार रकम रू. १ करोड ७० लाखभन्दा बढीले वृद्धि भएको हो । अघिल्लो साता औसतमा रू. १ अर्ब २६ करोडभन्दा बढीको धितोपत्र कारोबार भएकोमा गत साता रू. १ अर्ब २७ करोडभन्दा बढीको औसतमा धितोपत्र कारोबार भएको हो ।

लघुवित्तले गुमाए भने व्यापारिक समूहले सर्वाधिक कमाए 

लघुवित्त समूहको शेयर मूल्यमा पछिल्लो समय नेपाल राष्ट्र बैंकले लागू गरेको नीतिको प्रभाव निरन्तर देखिएको छ । केही सातादेखि लघुवित्तका लगानीकर्ताको सम्पत्ति मूल्य घट्दो क्रममा रहेको छ । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लघुवित्त कम्पनीहरूको लाभांश लगानीकर्ताको आकर्षणको रूपमा आउने गर्दथ्यो । पछिल्लो समय नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा कडाइ गरेसँगै लगानीकर्ताको आकर्षण लघुवित्त कम्पनीको शेयरमा कम भएको छ । गत साता लघुवित्त समूहको परिसूचक सर्वाधिक २ दशमलव ६२ प्रतिशत घटेको छ । लघुवित्तसँगै गत साता उत्पादन तथा प्रशोधन समूहको २ दशमलव ३९ प्रतिशत घट्यो । गत साता व्यापारिक समूहको परिसूचक भने सर्वाधिक १ दशमलव ३७ प्रतिशत बढेको छ । व्यापारिकसँगै गत साता होटल तथा पर्यटन र लगानीको परिसूचक बढेको छ भने जलविद्युत् समूहको परिसूचक स्थिर रहेको छ ।

कुल कारोबारमा सर्वाधिक हिस्सा वाणिज्य बैंक समूहको
कारोबार रकमका आधारमा बिहीवार वाणिज्य बैंक समूहले सर्वाधिक हिस्सा ओगटेको छ । कुल कारोबारमध्ये ३६ दशमलव ३९ प्रतिशत हिस्सा ओगटेको उक्त समूहको मात्रै रू. ५१ करोड ४० लाख बराबरको धितोपत्र किनबेच भएको छ । यस्तै सर्वाधिक कारोबार गर्ने समूहमध्ये दोस्रो स्थानमा जलविद्युत् समूह रहेको छ । उक्त समूहको रू. ३६ करोड ५३ लाख बराबरको धितोपत्र किनबेच भएको छ ।

ब्रोकर नं. ५८ बाट सर्वाधिक कारोबार 
बिहीवारको बजारमा ब्रोकर नं. ५८ सर्वाधिक कारोबार गर्नेमध्ये शीर्ष स्थानमा रहेको छ । उक्त ब्रोकरबाट मात्र रू. १७ करोड ६१ लाख बराबरको धितोपत्र किनबेच भएको हो । कारोबार अवधिमा उक्त ब्रोकरबाट रू. १० करोड १९ लाख बराबरको धितोपत्र विक्री भएको छ भने रू. ७ करोड ४२ लाख बराबरको धितोपत्र खरीद भएको देखिन्छ । यस्तै दोस्रोमा ब्रोकर नं. २८ रहेको छ । जसबाट बिहीवारको बजारमा रू. १६ करोड ४२ लाख बराबरको धितोपत्र किनबेच भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)