ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कामको समयमा खुसुक्क अफिस बाहिर निस्केर चुरोट खानुहुन्छ ? फन्दामा परिएला है  !

२०७९ चैत, ११  
विविध र यो पनि स्वास्थ्य र जीवन शैली
Jagdamba Supershine Image Not Found
प्रतिकात्मक तस्वीर

ओसाका (जापान) । तपाई हामी काम चलिरहेको समयमा यसो ‘फ्रेश’ हुन भनेर चुरोट खान खुसुक्क बाहिर जान्छौं । कोही कोही त घन्टै पिच्छे चुरोट नखाइ बस्दै सक्दैनन् । यसका लागि डेस्क वा कार्यालय नै छाडेर बाहिर जानु पर्‍यो ? तपाई पनि यस्तै श्रेणीमा त पर्नु हुन्न ?

जापानमा यसरी कार्य समयमा बारम्बार चुरोट सेवन गर्ने सरकारी कर्मचारी फन्दामा परेका छन् । जापानको ओसाका प्रिफेक्चरल सरकारका तीन जना कर्मचारीलाई प्रिफेक्चर सरकारले सजाय दिएको छ । कामै छाडेर चुरोट खाने गरेको थाहा पाएपछि वित्त विभागका तीन कर्मचारीहरुलाई आइन्दा त्यस्तो नगर्न सुपरिवेक्षकले चेतावनी दिएका थिए । तर चेतावनी पाएपछि पनि उनीहरुले त्यस्तो व्यवहार छाडेनन् । 

प्रिफेक्चरल सरकारको मानव संशाधन विभागका अनुसार सन् २०२२ को सेप्टेम्बरमा अज्ञात व्यक्तिले ती तीन जनाले चुरोट खाएरै समय बिताउने गरेको बताएका थिए । भविष्यमा यस्तो नगर्न सुपरिवेक्षकले डिसेम्बरमा तीनै जनालाई बोलाएर चेतावनी पनि दिए । तर कुकुरको पुच्छर ढुंग्रोमा राखेर कहाँ सिधा हुन्छ र ! चेतावनीपछि पनि उनीहरुले चुरोट खान छाडेनन् । के गर्दा रहेछन् भनेर एक दिन सुपरिवेक्षकले तीनै जनाको पिछा गर्दै जाँदा उनीहरुले फेरि चुरोट खाइरहेको देखे । 

अनि कार्यसमयमा चुरोट खाएको हो भनेर सोध्दा सबैले चेतावनी पाएपछि चुरोट खाएकै छैन भनेर झुठो बोले । तीन जनालाई ६ महीनाको तलबबाट १०/ १० प्रतिशतले तलब घटाइएको छ । तीन जनामध्ये एक जना ६१ वर्षका कर्मचारीले साढे १४ वर्षको अवधिमा कामकै समयमा ४ हजार ५१२ पटक चुरोट खाएको पुष्टि भएको छ । यसरी चुरोट खान १४ वर्षको अवधिसम्म कुल ३५५ घण्टा १९ मिनेट खर्च गरेको रहेछन् ।

उनलाई चुरोटमा खर्चिएको समय बराबरको हुन आउने कार्य समय बापतको १४ लाख ४० हजार येन (११ हजार डलर) पैसा फिर्ता गर्न आदेश पनि दिइएको छ । प्रिफेक्चरल सरकारले मार्च २० मा सो सजाय सुनाएको हो । तपाई पनि कामको समयमा यसैगरी फुत्त फुत्त बाहिर त जानु हुन्न ? कार्यालय भित्रै बसेर चुरोट खाइरहनु हुन्छ ? फन्दामा परिएला है ! एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)