ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नदीकिनारमा बनेका संरचना हटाउन महानगरपालिकाको ७ दिने सूचना

नहटाए भत्काउँदा लागेको खर्च जरीवाना वापत असुल गर्ने

२०७९ चैत, ११  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाको नदीकिनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने सूचना जारी गरेको छ।

शनिवार प्रकाशित सूचनामा नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिइएको छ।  महानगरपालिकाले यसअघि पनि पटक- पटक यस्ता सूचना जारी गरी अनधिकृत संरचना हटाउन भनिएको स्मरण गराएको छ।

एक साताभित्र नदीकिनारका अनधिकृत संरचना नहटाए महानगरले ती संरचना भत्काउने र त्यसको खर्च पनि सम्बन्धित व्यक्तिबाट असुल गर्ने  सूचनामा उल्लेख छ।  काठमाडौं महानगरभित्रका बागमती, बिष्णुमतीलगायत नदी किनारमा अनधिकृत संरचनाहरू बनेका छन्।

साथै यसक्षेत्रका सडक, खोलामा पनि अतिक्रमणको समस्या बढी छ।  खोला क्षेत्र मिचेर घरलगायतका विभिन्न संरचना निर्माण भएकाले वर्षात्मा बाढी र कटानको समस्या देखिएको छ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)