ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कीर्तिमान नजिक पुगेको सुनको भाउ तोलामा ६०० रुपैयाँ घट्यो, कति छ आजको बजार भाउ ?

२०७९ चैत, १२  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । स्थानीय बजारमा आइतवार (आज) सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ । गत शुक्रवार सुनको भाउ कीर्तिमान नजिक पुग्दा तोलाको १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यही चैत ५ गते सुनको भाउमा कीर्तिमान कायम हुँदा तोलाको १ लाख १० हजार रुपैयाँ पुगेको थियो । 

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ३६० रुपैयाँ कारोबार भएको थियो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)