ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

२०७९ चैत, १२  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनीको  शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 
नेप्सेले कम्पनीकोे १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य रू.५९१ दशमलव ८२ कायम भएको छ । 
नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.६५१ मा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर सोमवार  देखि  दोस्रो बजारमा यस कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

 
 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)