काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा शिखर इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८८ हजार ६६० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।