ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

धमाधम टिकटकमा बन्देज लगाउँदै ठूला देश, फान्स पनि थपियो

२०७९ चैत, १२  
अन्तरराष्ट्रिय
Jagdamba Supershine Image Not Found

काठमाडौं । फ्रान्सले टिकटकको प्रयोगमा बन्देज लगाएको छ । अपर्याप्त डेटा सुरक्षासम्बन्धी चिन्ताका कारण सरकारी कर्मचारीहरूको फोनमा मनोरञ्जनात्मक प्रयोजनका लागि टिकटक मात्रै नभएर ट्विटर, इन्ष्टाग्रामलगायत अन्य एपहरूको प्रयोगमा समेत रोक लगाइएको छ । यो प्रतिबन्ध तत्कालैदेखि लागू हुने निजामती सेवा मन्त्रालयले शुक्रवार एउटा ट्विटमा भनेको छ ।

प्रशासन र निजामती कर्मचारीहरूको साइबर सुरक्षा सुनिश्चित गर्न सरकारले निजामती कर्मचारीको पेशागत फोनमा टिकटकजस्ता मनोरञ्जनात्मक एपमाथि बन्देज लगाउने निर्णय गरेको छ ।

विगत कयौं हप्तादेखि फ्रान्सको यूरोपेली र अन्तरराष्ट्रिय साझेदारहरूले समेत चिनियाँ एप डाउनलोड गर्न र इन्ष्टल गर्नमा प्रतिबन्ध वा बन्देज लगाउने उपायहरू अपनाएको छ ।

मनोरञ्जनमा प्रयोग हुने एपमा साइबर सुरक्षाका पर्याप्त तह नहुने अनि डेटा सुरक्षा पनि नहुने सार्वजनिक रूपान्तरण तथा सेवा मन्त्री स्टानिस्लास गुएरिनीले बताए । पेशागत कारणका लागि भने यी एपको प्रयोगलाई छूट दिन सकिने उनको भनाइ छ ।

हालैका हप्ताहरूमा एक पछि अर्को गर्दै अमेरिका, बेलायत, नेदरल्यान्ड, बेल्जियम, न्यूजिल्यान्ड, क्यानडा, भारत, पाकिस्तान, ताइवान र जोर्डनले टिकटकमाथि प्रतिबन्ध लगाएका थिए ।

टिकटकका कारण उत्पन्न सुरक्षा जोखिमसम्बन्धी चिन्ताहरू विशेषगरी अमेरिकी कानून निर्माता र राष्ट्रिय सुरक्षा अधिकारीहरूले उठाइरहेका छन् । एपले जम्मा गरेर राखेको प्रयोगकर्ता डेटामा चीन सरकारको पहुँच भएको दाबी अमेरिकी कानून निर्माता र राष्ट्रिय सुरक्षा अधिकारीहरूको छ । यो एपले राष्ट्रिय सुरक्षा धरापमा पारेको गएको नोभेम्बरमा एफबीआईको निर्देशक क्रिष्टोफर व्रवेले भनेपछि यसलाई प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेका थिए ।

गएको महीना यूरोपेली संघ (ईयू)को नीति बनाउने सबैभन्दा ठूला दुई संस्थाले आफ्ना कर्मचारीलाई टिकटक चलाउन रोक लगाएको थियो । पछिल्लो समयमा विभिन्न देशहरूले आफ्नो सरकारी डिभाइसमा टिकटकमाथि प्रतिबन्ध लगाउने क्रम जारी छ । यही सूचीमा फ्रान्स पनि थपिएको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)