ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मस्कले ह्वात्तै घटाए ट्विटरको मूल्यांकन, ४४ अर्बमा किनेको कम्पनीको मूल्य २० अर्ब डलर मात्रै !

२०७९ चैत, १२  
अन्तरराष्ट्रिय
Jagdamba Supershine Image Not Found

काठमाडौं । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटर इंकका प्रमुख कार्यकारी अधिकारी (सीईओ) एलन मस्कले कम्पनीको मूल्यांकन आधा घटाएका छन् । उनले कर्मचारीहरूलाई शेयर ग्रयान्ट दिँदा कम्पनीको मूल्य घटाएर २० अर्ब डलर देखाएका छन् ।

यसबारे मस्कले ट्विटरका कर्मचारीहरूलाई पठाएको एउटा मेललाई उद्धृत गर्दै समाचारहरू छापिएका छन् । यो मूल्यांकन ट्विटर किन्न मस्कले खर्चेको रकमभन्दा आधाभन्दा पनि कम हो । मस्कले गएको अक्टोबरमा ट्विटर किन्नका लागि ४४ अर्ब डलर खर्च गरेका थिए ।

मस्कले कम्पनी किनेदेखि नै लगातार यसको अवस्था सुधार्ने प्रयास गरिरहेका छन् । यसले मस्कले कम्पनी किनेलगत्तै कम्पनीको मूल्यांकन घटेको देखाएको छ । यो वर्ष ट्विटरले ३ अर्ब डलर मात्रै आम्दानी गर्ने मस्कको अनुमान छ ।

कम्पनीमाथि १३ अर्ब डलरको विद्यमान कर्जा चुक्ता गर्ने दबाब पनि छ । आफूले कम्पनी किने यता ट्विटरले दिनहुँ ४० लाख डलर घाटामा चलिरहेको मस्कले बताएका छन् । घाटा कम गर्न कम्पनीले मस्कले ७० प्रतिशत कर्मचारीलाई कामबाट निकालिदिएका थिए ।

मस्कले कम्पनी किनेयता ठूला कम्पनीहरूले ट्विटरलाई दिने विज्ञापनमा व्यापक कटौती गरेका छन् । यसको असर सिधैं कम्पनीको आम्दानीमा देखिएको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)