ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

गुणस्तर परीक्षणका लागि च्यांग्राको भुवा संकलन

२०७९ चैत, १५  
गण्डकी प्रदेश
Jagdamba Supershine NA

म्याग्दी । गुणस्तर परीक्षणका लागि पश्मिनाको कच्चापदार्थ च्यांग्राको भुवा संकलन गर्न थालिएको छ । अन्तरराष्ट्रिय व्यापार केन्द्रले अन्तरराष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गत नेपाल पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना संघ र च्यांग्रा पश्मिना किसान संघको समन्वयमा मुस्ताङमा च्यांग्राको भुवाको परीक्षण गर्न लागिएको हो । संकलित नमूनाको गुणस्तर मापनका लागि अन्तरराष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला र नेपाल गुणस्तर तथा नाप तौल विभागमा पठाइने नेपाल पश्मिना उद्योग संघका उपाध्यक्ष धनप्रसाद लामिछानेले बताए । ‘लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट च्यांग्रा भुवाको आठ सयओटा नमूना संकलन गर्दै छौं,’ उनले भने, ‘चारओटै पालिकाका एक सय ६० किसानले पालेका पाँच–पाँचओटा फरक–फरक, भूगोल, तौल, रङ र उमेर समूहका च्यांग्राको शरीरबाट नमूना भुवा निकालिनेछ ।’    
 
च्यांग्राको भुवा काट्न पश्मिना उद्योग संघ, नार्क र अन्तरराष्ट्रिय व्यापार केन्द्रका प्रतिनिधिको उपस्थितिमा तालीमप्राप्त नौ जना प्रशिक्षक कृषक परिचालन गरिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)