म्याग्दी । कुनै बेला पर्वत राज्यको राजधानी मानिएको ढोलठानस्थित पुराताŒिवक महत्त्वको राजदरबारसम्म पुग्ने पदमार्ग निर्माण भएपछि अवलोकन गर्न पर्यटकको आवागमन बढ्न थालेको छ । पदमार्ग निर्माण भएपछि ढोलठान दरबारसम्म पुग्न पर्यटकका लागि सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीको शिरमा अवस्थित उक्त दरबारसम्म वडा कार्यालयको लगानीमा सडक स्तरोन्नतिका साथै पदमार्ग र प्रतीक्षालय निर्माण गरिएको छ ।
समुद्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको दरबार संरक्षण गरी ऐतिहासिक र पर्यटकीयस्थलको रूपमा विकास गर्न वडा कार्यालयले पूर्वाधार निर्माणमा जोड दिएको वडा नं ९ का वडाध्यक्ष चक्रबहादुर केसीले बताए । उनका अनुसार चमच्चा डिलदेखि ढोलठासम्म करीब ६०० मिटर पदमार्ग निर्माण गरिएकाले स्थानीयवासीलाई समेत आवतजावत गर्न सहज भएको छ । गत आर्थिक वर्षमा वडा कार्यालयले सडक स्तरोन्नतिका लागि रू. नौ लाख, पदमार्ग निर्माण लागि रू. चार लाख र प्रतीक्षालय बनाउन रू. दुई लाख उपलब्ध गराएकाले पूर्वाधार निर्माण गरिएको वडाध्यक्ष केसीले बताए । रासस