ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारी विद्यालयमा पढाउनेलाई निःशुल्क स्वास्थ्य बीमा

२०७९ चैत, १६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । यसअघि गाउँपालिकाले सिफारिश दस्तुरमा ३० प्रतिशत छूट दिँदै आएको थियो ।

गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउने निर्णय गरेको थियो । गाउँपालिकाको वडा नं ४, ५ र ६ का सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । ‘पहिलो चरणमा दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकता दिन लागेका हौं,’ उनले भने, ‘स्वास्थ्य बीमा गरेपछि नागरिकले रू. एक लाख बराबरको निःशुल्क उपचार सेवा लिन सक्नेछन् ।’

स्वास्थ्य बीमा गर्दा प्रतिपरिवार रू. तीन हजार पाँच सय शुल्क लाग्ने छ । स्वास्थ्य बीमा गरेपछि विपन्न परिवारले सहज रूपमा उपचार पाउने विश्वास गरिएको छ । सामुदायिक विद्यालय सुधार अभियानअन्तर्गत आबुखैरेनीले बाल विकासदेखि कक्षा ५ सम्मका छात्रछात्रालाई निःशुल्क ट्र्याक सुट, झोला, जुत्ता–मोजा तथा टिसर्टलगायत सामग्री वितरण थालेकोे अध्यक्ष चुमानले जानकारी दिए । यसैगरी विद्यालय भवनमा गर्नुपर्ने सम्पूर्ण मर्मत, छाना, फ्लोरिङ, रङरोगन, डेस्क–बेन्च फेर्नेलगायत कार्य यसै चैत मसान्तसम्ममा सम्पन्न गर्नेगरी काम थालिएको छ । कक्षा नर्सरीदेखि कक्षा २ सम्म स्मार्ट टीभी राखी सिकाइ सहजको व्यवस्था मिलाइने, घन्टौं हिँड्नुपर्ने केही विद्यालयलाई स्कुल बस हस्तान्तरण गरी समस्या समाधान गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)