काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधवार काठमाडौंमा ‘एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम’ सम्पन्न गरेको छ । अन्तरराष्ट्रिय प्रशिक्षक विजयकुमार झाले दिएको प्रशिक्षणमा करीब ४ सयभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव विनोद भुजेल, एजेन्सी सर्भिसिङ विभागका प्रमुख सुनिता पोखरेल, प्रदेश प्रमुखहरू सपुतचन्द्र खनाल, पुरुषोत्तम सापकोटा लगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीको उपस्थिति थियो ।
भर्चुअल माध्यमबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कार्यक्रमले अभिकर्ताको क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी शीपलाई थप निखार्न सहयोगी हुने बताए । कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताको शीप विकास तथा मनोबल अभिवृद्धिका कार्यक्रम गर्दै जाने बताए ।