ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

राजस्व र रोजगारी बढ्ने क्षेत्रमा खर्च गर्न गाउँपालिकालाई आग्रह

२०७९ चैत, १६  
कोशी प्रदेश
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सृजना हुने, राजस्व बढ्ने र सौन्दर्यकरण हुने योजनातर्फ ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । मुख्यमन्त्री कार्कीले मंगलवार गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, कोशी प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै यस्तो आग्रह गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले पहुँचका आधारमा विकासको बजेटलाई जथाभावी रूपमा सडक, पुल र भवन जस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्न नहुने बताए । अहिलेकै गतिमा सडक, पुल र भवन निर्माणमा बजेट खर्च गर्दै गए आगामी तीन वर्षमा तिनको मर्मत सम्भारका लागि बजेटको आकार दोब्बर बनाउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

पूँजीगत खर्च गर्दा संघीय र प्रदेश सरकारभन्दा पनि स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने उनले बताए । जनतामा वितृष्णा बढाउने किसिमका योजनामा लगानी नगर्न उनले आग्रह गरे । यस्तै लोकप्रियताका नाममा कर छूट दिने र वृद्धि गर्नेभन्दा पनि दायरा बढाउनुपर्नेमा उनले जोड दिए ।

अहिलेको बजेटबाट धेरै काम गर्न नसके पनि स्थानीय तहलाई बलियो बनाउने र स्थानीय तहसँग समन्वय गरेर काम गर्ने पक्षमा प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री कार्कीले बताए । ‘एकभन्दा पनि दुई वा सोभन्दा बढी पालिका सहभागी हुने सामूहिक योजना निर्माणमा ध्यान दिनुहोस्, त्यस्ता सामूहिक योजनामा प्रदेश सरकारको प्राथमिकता रहनेछ ।’ मुलुक संघीयतामा गएसँगै विकास निर्माणका कामले गति लिएको उनले बताए । संघीय सरकारले २० वर्षमा गर्न नसकेको विकासको काम प्रदेश सरकारले पाँच वर्षको अवधिमा गरेको दाबी उनले गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)