काठमाडौं । स्थानीय बजारमा बिहीवार (आज) सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ८ हजार २०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन सुन १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३७५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ३६५ रूपैयाँ कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११:०५ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९६० दशमलव ९० डलर पुगेको छ । अघिल्लो कारोबार दिन (बुधवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९६३ दशमलव २४ डलरमा बन्द भएको थियो ।
त्यसैगरी, आज डलरको मूल्य भने बढेको छ । आज १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ०५ पैसा कायम भएको छ । अघिल्लो दिन १ अमेरिकी डलरको विक्री दर १३१ रुपैयाँ ८१ पैसा थियो ।