ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ शुक्रवार बाँडफाँट हुँदै

कति जनाले पाउँछन शेयर ?

२०७९ चैत, १६  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आईपीओ चैत १७ गते शुक्रवार बाँडफाँट हुँदै छ ।

उक्त दिन अपराह्न ३ः३० मा आईपीओ बाँडफाँट हुने जानकारी विक्री प्रबन्धक प्रभु क्यापिटल दिएको हो । कम्पनीको आईपीओ ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि  शेयर निष्कासन गरेको थियो । 

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीले इलाम जिल्लामा ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस योजनाको कुल लागत १ अर्ब ९० करोडभन्दा माथि रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)