ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

तीन दिन बढेपछि पुनः घट्यो नेप्से, कारोबार रकम ८९ करोड ९५ लाखमा सीमित

२०७९ चैत, १६  
लगानी नेप्से विश्लेषण
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता


काठमाडौं । लगातार तीन दिनमा ३१ अंक बढेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीवार १० दशमलव ८७ अंक घटेर १ हजार ९०८ दशमलव ५५ विन्दुमा झरेको छ ।

आइतवार नेप्से परिसूचक तीन महीनायताकै न्यून विन्दु १८८१ मा झरेको थियो । त्यसपछि बजारमा थोरै मात्रमा खरीदकर्ता आएको देखिन्छ । लगानीकर्ता बजारप्रति विश्वस्त नहुँदा बजार केही बढ्ने बित्तिकै विक्रेता हाबी भएसँगै पुनः घटेको देखिन्छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ६६ अंक, फ्लोटेड इन्डेक्स शून्य दशमलव ७२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६१ अंक घटेको छ ।  बिहीवार २५४ धितोपत्रको २७ लाख ५० हजार ६५५ कित्ता २६ हजार ४३४ पटकमा रू. ८९ करोड ९५ लाख बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये सुपर माई हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भई रू. ५७२ दशमलव ४० पुगेको छ । त्यस्तै सिटिजन्स म्युुचुअल फण्ड २ को इकाई मूल्य ६ दशमलव ८१ प्रतिशत बढेर रू. ८ पुगेको हो । 

यस दिन आदर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य ६ दशमलव शून्य ७ प्रतिशत घटेर रू. १ हजार १६१ मा झरेको छ । त्यस्तै दोस्रोमा जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य ३ दशमलव ८६ प्रतिशत घटेर रू. १ हजार ८७० कायम भएको छ । 

बिहीवार शिवम् सिमेन्टको सर्वाधिक शेयर खरीदविक्री रू. ५ करोड बराबर भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४१५ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टिलरीको रू. ३ करोड १२ लाख बराबर छ ।

यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको शून्य दशमलव ५० प्रतिशत बढेको छ भने घट्नेमा ‘अन्य’ समूहको १ दशमलव ११ प्रतिशत घटेको हो । 

पछिल्लो समय बजारप्रति लगानीकर्ताहरू विश्वस्त नभएको देखिएको छ । बजार घट्न पनि सकेको छैन भने बढ्न पनि सकेको छैन । यसरी बजारमा क्रेता/विक्रेता सक्रिया नहुँदा कारोबार रकम अर्बभन्दा मुनि झरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)