ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एनएमबि लघुवित्त र जीवन विकास लघुवित्तको शेयर मूल्य समायोजन

२०७९ चैत, १६  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले एनएमबि लघुवित्तको १० प्रतिशत र जीवन विकास लघुवित्तको १४ दशमलव २८५ प्रतिशत बोनस शेयर को समायोजन गरेको हो ।

समायोजनपश्चात् जीवन विकास लघुवित्तको शेयर मूल्य रू.१ हजार ३७० दशमलव २६ र एनएमबि लघुवित्तको रू. ५०९ दशमलव शून्य ९ कायम भएको छ । 

नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा जीवन विकास लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५६६ र एनएमबि लघुवित्तको शेयर मूल्य रू. ५६० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आइतवारदेखि  दोस्रो बजारमा यी दुवै कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)