ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

उद्योग संगठनको वित्तीय साक्षरता कार्यक्रम

२०७९ चैत, १७  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । उद्योग संगठन मोरङ महिला उद्यम समिति र अमेरिकन कर्नर विराटनगरले महिला उद्यमी तथा व्यवसायीका लागि वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले कार्यक्रममा आर्थिक लक्ष्य निर्धारण, पूँजीको व्यवस्थापन, आफ्नो सम्पत्तिको संरक्षण गर्नुका साथै भविष्यमा आइपर्ने जोखिमका बारेमा जानकारी दिइएको बताए । महिला उद्यम समिति संयोजक प्रतिभा रिजालले वित्तीय साक्षरताले महिला उद्यमी व्यवसायीलाई उपयुक्त निर्णय लिन सक्षम बनाउने बताइन् । बैंकर शर्मिला हुमागाईंले वित्तीय लक्ष्य निर्धारण, ऋणको सदुपयोग, खर्च गर्दा अपनाउनुपर्ने सतर्कता, जोखिम वहन क्षमता लगायत विषयमा जानकारी दिएकी थिइन् । बैंकर समीर श्रेष्ठले प्रविधिले डिजिटल बैंकिङमा सर्वसाधारणको आकर्षण बढ्दो क्रममा रहेकाले सेवा उपभोग गर्न बैंकसम्म धाउनुपर्ने बाध्यतामा कमी आएको बताए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशकी निवर्तमान अध्यक्ष सरु केसीले महिला उद्यमी व्यवसायीलाई बढावा दिँदा राज्य प्रणालीप्रति सकारात्मक सन्देश गई आर्थिक विकासमा सहयोगी सिद्ध हुने बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)