काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० सालको क्यालेन्डर बिहीवार सार्वजनिक गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल, प्रमुख सञ्चालन अधिकृत ओमप्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मीले संयुक्त रूपमा क्यालेन्डर सार्वजनिक गरेका हुन् ।
क्यालेन्डरमा बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि र तारिख समावेश गरिएको कम्पनीले जानकारी दिएको छ । आठओटा प्रादेशिक कार्यालय र १८४ ओटा शाखा तथा उपशाखामार्फत कम्पनीले जीवन बीमासम्बन्धी सेवा दिँदै आएको छ । गत पुस मसान्तसम्ममा कम्पनीको लगानी रू. १५६ दशमलव ४४ अर्ब रहेको छ भने जीवन बीमाकोष रू. १५० दशमलव ८५ अर्ब र शेयरधनी कोष रू. ९ अर्ब ५२ करोडभन्दा बढी रहेको कम्पनीले जानकारी दिएको छ ।