काठमाडौं । नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी सञ्जय अग्रवाल निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न संघको नवौं वार्षिक साधारणसभाले अग्रवालको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा अरनिको राजभण्डारी निर्वाचित भएका छन् । संघका दुई उपाध्यक्षमा निरज श्रेष्ठ र मनोज ज्ञवाली, महासचिवमा तीर्थबहादुर रोका, कोषाध्यक्षमा पवन अग्रवाल र दुई सचिवमा रोमनाथ घिमिरे र मनोज श्रेष्ठ बडेल निर्वाचित भएको संघले जानकारी दिएको छ । यस्तै संरक्षकमा राजेशकाजी श्रेष्ठ, मानार्थ सदस्यमा ध्रुवकुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष नवराज ढकाल रहेका छन् ।
कार्यसमिति अन्य सदस्यहरूमा अरुण केसी, अन्ना मारिया, बसुमाया तामाङ, वीणा प्याकुरेल श्रेष्ठ, भुवनेश्वर फैंजु, विनोद सग्तानी र वीरेन्द्र शाही चयन भएका छन् । यसैगरी किसान सुनार, किशोर भट्टराई, साम्बा लामा, सञ्जय अग्रवाल सर्राफ, सारिक बोगटी, शम्भु लामा, सुमित धानुका, सुशील जैन, सुभासविक्रम शाह र युगेश बादे श्रेष्ठ पनि सदस्यमा निर्वाचित भएका छन् ।