ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बल्ल सार्वजनिक गर्‍यो स्वस्तिक लघुवित्तले दोस्रो त्रैमासिक वित्तीय विवरण, नाफा ८४ प्रतिशत घट्यो

२०७९ चैत, १७  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८४ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ८६ लाख ९९ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. १३ लाख ९२ हजारमा सिमित भएको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जामा वृद्धि भएकाले नाफा घटेको हो । त्यस्तै खुद ब्याज आम्दानी घटेकाले र सम्भावित जोखिम बापतको ब्यवस्थामा धेरै रकम छुट्याएकाले पनि नाफा घट्न पुगेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा 
१ दशमलव ५० प्रतिशत रहेकोमा चालू आवमा बढेर ७ दशमलव ८४ प्रतिशत पुगेको छ । खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा २९ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीले गत आवमा सम्भावित  जोखिम बापतको ब्यवस्थामा रू. ५० लाख छुट्याएकोमा चालू आवमा रू. ७३ लाख ६७ हजार छुट्याएको हो । 
कम्पनीको चुक्ता पूँजी रू. ३ करोड ४६ लाख रहेको छ  भने जगेडामा रू. २ करोड ७१ लाख सञ्चिती गरेको छ । कम्पनीले रू. ३६ करोड ६९ लाख सापटि लिएर,रू. १४ करोड १ लाख निक्षेप संकलन गरेर रू. ५७ करोड ५९ लाख कर्जा लगानी गरेको छ । यस कम्पनी र समाज लघुवित्त वित्तीय संस्था मर्जर प्रक्रियामा रहेका छन् । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)