ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट , ३ लाख ५८ हजार १७६ जनाले पाए शेयर

२०७९ चैत, १७  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । शुक्रवार  प्रभु क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । कम्पनीको आईपीओ ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । आईपीओमा कुल १४ लाख ४४ हजार ९७८ जनाले आवेदन दिएकोमा ५१ हजार ८२५ जना आवेदकको आवेदन रद्ध भएको क्यापिटलले जानकारी दिएको छ । 
 । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सर्वसाधारणमा साधारण शेयर निष्कासन गरेको थियो । 
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीले इलाम जिल्लामा ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस योजनाको कुल लागत १ अर्ब ९० करोडभन्दा माथि रहेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)