ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आन्तरिक राजस्व कार्यालय हेटौंडाको लक्ष्यभन्दा कम राजस्व संकलन

२०७९ चैत, १७  
समाचार
Jagdamba Supershine Image Not Found

हेटौंडा । आन्तरिक राजस्व कार्यालय हेटौंडाले चालु आर्थिक वर्षको नौ महिनामा रू ४ अर्ब ४ करोड ३८ लाख राजस्व सङ्कलन गरेको छ । 

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको राजस्व सङ्कलन लक्ष्य रू ४ अर्ब ३५ करोड नौ लाख  रहेकामा सो कार्यालयले उक्त अवधिमा रू ४ अर्ब ४ करोड ३८ लाख राजस्व सङ्कलन गरेको जनाइएको छ । लक्ष्यको तुलनामा झन्डै रू ३१ करोड कम राजस्व सङ्कलन भएको हो ।

कार्यालयका सूचना अधिकारी अवधेशकुमार यादवका अनुसार कार्यालयले सो अवधिमा आयकरवापत रू ५८ करोड ५९ लाख २१ हजार, घरवहाल करवापत रू एक करोड दुई लाख ८४ हजार, ब्याज करवापत रू चार करोड ७३ लाख नौ हजार, मूल्यअभिवृद्धि करवापत रू ६० करोड १६ लाख १३ हजार, स्वास्थ्य करवापत रू ४२ करोड १३ लाख ५२ हजार तथा शिक्षाकरवापत रू चार हजार राजस्व सङ्कलन भएको जानकारी दिएको छ ।

बजार व्यवसायमा आएको कमी, उद्योगहरूको उत्पादन, बिक्री घट्नु र विकास निर्माणका कमीले लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको जनाइएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)