ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सांग्रिला डेभलपमेन्ट बैंकको ८.९८ % लाभांश पारित, ६ जना सञ्चालक पनि निर्वाचित

२०७९ चैत, १७  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले प्रस्तावित ८ दशमलव ९८ प्रतिशत लाभांश शुक्रवार पारित गरेको छ । कम्पनीले शुक्रवार समपन्न १८औं वार्षिक साधारण सभामार्फत प्रस्तावित लाभांश पारित गरेको हो । 

कम्पनीले यस वर्ष गत आर्थिक वर्ष २०७८/ ०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ३ अर्ब १ करोड ६ लाख ६९ हजारको आधारमा ८ दशमलव ५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश नगद लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको चुक्तापूँजी बोनस पछि रू. ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार पुगेको छ । बोनस वापतको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा हुनेछ । कम्पनीले जतिसक्दो छिटो बोनस शेयर दोस्रो बजारमा सूचीकृत गराउने बताएको छ ।

सभामार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखापरिक्षणका लागि लेखापरीक्षक रन्जिव एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेन्टसलाई पुन : नियुक्त गरेको छ ।

सभामार्फत संस्थापकतर्फबाट तीन जना र सर्वसाधारणबाट तीन जना गरी ६ जना सञ्चालक निर्वाचित भएका छन् । संस्थापक तर्फबाट उज्ज्वल सत्याल, सुशिल काजी बानियाँ र सुजन सिद्धि बज्राचार्य सञ्चालकमा निर्वाचित भएका हुन ।

त्यस्तै सर्वसाधारणतर्फ गंगा सागर ढकाल, सुजन सिद्धि बज्राचार्य, लिसा शेरचन र नरेश ढुंगाना सञ्चालकमा निर्वाचित भएका छन् । उक्त कम्पनीले देशभर ११२ ओटा शाखा कार्यालयहरू र ३० ओटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)