ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महानगरका कर्मचारीलाई सार्वजनिक खरीदसम्बन्धी तालीम

२०७९ चैत, २६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकामा कार्यरत कर्मचारीका लागि सार्वजनिक खरीद तथा करार व्यवस्थापनसम्बन्धी तालीम आयोजना गरिएको छ । चार दिनसम्म सञ्चालन हुने तालीमको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले शनिवार उद्घाटन गरे ।

कर्मचारीलाई तालीममार्फत पुनर्ताजगी गराउँदै लैजाने महानगरको उद्देश्यअनुसार चारदिने तालीम आयोजना गरिएको उनले बताए । उनले कर्मचारीको क्षमता अभिवृद्धि नगरेसम्म सेवाग्राहीलाई सन्तुष्ट पार्न नसकिने उल्लेख गरे । तालीममा महानगरले गर्नुपर्ने सम्पूर्ण निर्माणसम्बन्धी कार्यहरू, वस्तु तथा सेवा खरीद गर्न पूरा गर्नुपर्ने प्रक्रिया, विधि र कानूनी व्यवस्थालगायतका बारेमा जानकारी दिइनेछ ।

संघीय सरकारको श्रम मन्त्रालयका उपसचिव सुवासचन्द्र सिवाकोटी, सिकेन्द्र झा, यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुखलगायतले सहभागीहरूलाई प्रशिक्षण दिने महानगरको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए । तालीममा महानगरका विभिन्न महाशाखा र शाखा प्रमुखका साथै १९ ओटै वडाका सचिवहरूको सहभागिता छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)